तपाईँ सुन्दै हुनुहुन्छः

मधेश प्रदेशमा बुस्टर डोज लिनेको संख्या ११ हजार नजिक

जनकपुरधाम । कोरोना विरुद्धको बुस्टर डोज मधेश प्रदेशका ११ हजार लक्षित वर्गका व्यक्तिले लिएका छन ।

नेपाल सरकारले तोकेका अग्रपंक्तिमा खटेकाहरुलाई बुस्टर डोज दिन सुरु गरेकोमा मधेश प्रदेशमा हिजो साँझसम्ममा १० हजार ९ सय ९८ जनाले बुस्टर डोज लगाएको स्वास्थ्य निर्देशनालय मधेश प्रदेशका निर्देशक विजय कुमार झाले जानकारी दिनु भएको छ ।

बारामा सबैभन्दा बढी ३ हजार २ सय २० जनाले बुस्टर डोज लगाएका छन् । सर्लाहीमा २ हजार २६, धनुषामा १ हजार ९ सय ६०, रौतहटमा १ हजार ८ सय २३, सिरहामा १ हजार ८७, महोत्तरीमा ४ सय १६, सप्तरीमा ३ सय २१ र पर्सामा १ सय जनाले बुस्टर डोज लगाएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

बुस्टर डोज पाउनेहरुमा कर्मचारी, प्रहरी, स्वास्थ्यकर्मी, सफाईकर्मी, पत्रकार, जनप्रतिनिधिहरु, कानून व्यवसायि तथा अग्रपक्तिमा रहेका अन्य व्यक्तिहरु रहेका छन् ।

बुस्टर डोजको अवधि प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहने जिल्ला खोप समन्वय समितिको निर्णय अनुसार थप हुने पनि स्वास्थ्य निर्देशक झाले जानकारी दिनु भयो ।

यसै गरि माघ १४ गतेवाट ६० वर्ष माथिका व्यक्तिलाई खोप दिने कार्यक्रम रहेको निर्देशनालयले जनाएको छ । वुस्टर डोज संगै नियमित खोप कार्यक्रम जारी रहेका छ । मधेश प्रदेशमा हालसम्म पूर्ण खोप लिनेको संख्या ५२ प्रतिशत रहेको छ ।

यसै गरि पहिलो डोज लिनेको प्रतिशत ६० रहेको मधेश प्रदेशका स्वास्थ्य निर्देशक झाले जानकारी दिनुभयो । वैदेशिक रोजगारीमा जानेलाई जोनसन एण्ड जोनसनको खोप दिने काम भईरहेको धनुषाका खोप अधिकृत राजदेव यादवले जानकारी दिनु भएको छ । वैदेशिक रोजगारीमा जानेलाई जोनसनको मान्यता बढी रहेकाले जोनसन खोप दिने काम भइरहेको छ ।

अहिलेसम्म मधेश प्रदेशमा सिरिञ्चको अभाव नभएको बताउदै अभाव आउन नदिनका लागि प्रयास भईरहेको स्वास्थ्य निर्देशक झाले जानकारी दिनु भयो ।

६७ प्रतिशत बालवालिकालाई खोप

मधेश प्रदेशका जिल्लाहरुमा १२ देखि १७ वर्ष उमेरका ६७ प्रतिशतलाई कोरोना विरुद्धको खोप दिने काम भएको छ ।

खास गरेर विद्यालयका बालवालिकालाई केन्द्रीत गरेर खोप दिने काम भइरहेको छ । अहिले बालवालिकाका लागि खोप दिने काम बन्द रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button