तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा ७६ जनामा कोरोना संक्रमण पुष्टि

नेपालगञ्ज । बाँकेमा आज ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जुन जम्मा परीक्षणको ६७.२६ प्रतिशत हो ।

जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीका अनुसार कोहलपुर मेडिकल कलेजको ल्याबमा ३१ र बागेश्वरी ल्याबमा ४५ जनामा कोरोना पुष्टि भएको छ । यी मध्ये बाँकेका ६२ जना छन् । पछिल्लो २४ घण्टामा मेडिकल कलेज कोहलपुर ल्याबमा ४९ र बागेश्वरी ल्याबमा ६४ गरी कुल ११३ स्वाब परीक्षण गरिएको छ ।

बाँकेमा आज २६ जना निको भएका छन् । ३४ जना अस्पताल र आइसोलेसनमा उपचाररत छन् । ती मध्ये ३२ जनाको अवस्था मध्यम छ भने १ जना सिकिस्त र १ जना भेन्टिलेटरमा छन् ।

यस्तै जमुनाहा नाकामा २६५ जनाको एन्टिजेन परीक्षण गर्दा भारतबाट आएका थप ३१ जनामा कोरोना पुष्टि भएको फोकल पर्सन वलीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button