तपाईँ सुन्दै हुनुहुन्छः

सबै निर्वाचन समयमै हुनुपर्छ: नेता सिंह

काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले स्थानीय तहदेखि सङ्घीय संसद्सम्मका निर्वाचन समयमै हुनुपर्ने बताउनुभएको छ ।

file photo

गणेशमान सिंह फाउन्डेसनले आज चाक्सीबारीमा आयोजना गरेको डाक्टर मिता सिंहको पुस्तक ‘द स्ट्रगल अफ गणेशमान सिंह’ को लोकार्पण कार्यक्रममा नेता सिंहले स्थानीय तहको निर्वाचन संविधान बमोजिम हुनुपर्नेमा जोड दिनुभयो ।

नेता सिंहले संविधानको भावना र मर्मअनुसार शासन व्यवस्था सञ्चालन गर्नु नै पाँच दलीय गठबन्धन सरकारको सबैभन्दा महत्त्वपूर्ण कार्य भएको बताउनुभयो ।

नेता सिंहले झन्डै दुई तिहाइ बहुमत प्राप्त गरेको नेकपा एमालेको सरकारले जनताले दिएको म्यान्डेटअनुसार काम गर्न नसकेको र संविधान विपरीत गएर बाटो बिराइरहेको बेलामा संविधानलाई ‘ट्याक’ मा ल्याउन गठबन्धन बनेको प्रस्ट पार्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button