रेडियो नेपालबाट दैनिक ‘कोभिड–१९ सचेतना’ कार्यक्रम प्रसारण हुने
काठमाडौं । बढ्दो कोभिड १९ को सङ्क्रमणलाई ध्यानमा राखेर नागरिकमा सचेतना जगाउने उद्देश्यले रेडियो नेपालबाट हरेक दिन बिहान ८ : ३० बजे १० मिनेटको कोभिड १९ सचेतना कार्यक्रम प्रसारण गरिने भएको छ ।
कार्यक्रममा कोभिड १९ सम्बन्धमा विज्ञहरूसँग कुराकानीसहित वर्तमान अवस्थामा अपनाउनु पर्ने सजगता सम्बन्धी सामग्री प्रसारण गरिने छ । कार्यक्रम राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र र विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा रेडियो नेपालले उत्पादन गर्ने छ ।
कार्यक्रम उत्पादन तथा प्रसारण गर्ने सम्बन्धी सम्झौतापत्रमा शुक्रबार सम्झौता भएको छ । सम्झौतापत्रमा रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसी र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका निर्देशक शुनिल राज शर्माले हस्ताक्षर गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्