प्रहरीद्वारा ६ लाख बढीको अवैध सामान बरामद
भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले अवैध सामानहरू बरामद गरी भैरहवा भन्सार कार्यालय बुझाएको छ ।
रुपन्देहीका विभिन्न स्थानबाट ६ लाख २६ हजार ८ सय ४० रुपैयाँ बराबरको अवैध सामानहरू भारतबाट नेपालतर्फ ल्याउँदै गर्दा बरामद गरी आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहिया बुझाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका निमित्त प्रहरी प्रवक्ता भास्कर चन्दले जानकारी दिनुभयो ।

इलाका प्रहरी कार्यालय मर्चवार रुपन्देही र प्रहरी चौकी मुडिला रुपन्देहीबाट खटिएको संयुक्त प्रहरी टोलीले माघ ३ गते सम्मरीमाई गाउँपालिका वडा नम्बर ०१ हडबडवा स्थित भारतबाट नेपालतर्फ ल्याउँदै गरेको टाटा कम्पनीको अनुमानित मूल्य रु.५ लाख बराबरको जेनेरेटर थान १ बरामद गरी आवश्यक कारबाहीको लागि भन्सार कार्यालय बेलहिया पठाइएको प्रहरी निरीक्षक भास्कर चन्दले बताउनुभयो ।
वडा प्रहरी कार्यालय भैरहवा रुपन्देहीबाट खटिएको प्रहरी टोलीले माघ ५ गते साँझ जिल्ला रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नं.–८ रहमानचोक स्थित भारतबाट अवैध रुपमा नेपाल तर्फ ल्याउँदै गरेको काजु ८ के.जी. ४०० ग्राम, सिल्भर पाउच १६६ प्याकेट, चियापत्ती ४८ के.जी. र चिनी ५० के.जी.को २० बोरा गरी अन्दाजी मूल्य रु.९० हजार ८ सय ४० बराबरको अवैध सामान बरामद गरी आवश्यक कारबाहीको लागि भन्सार कार्यालय बेलहिया रुपन्देही पठाइएको जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्