अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा

चितवन । पहिरोका कारण अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडकखण्ड अहिले बिहान ११ बजेदेखि पुनः सञ्चालनमा आएको छ । इच्छाकामना गाउँपालिका–६ कालीखोलामा आज बिहान २ः३० बजे सुक्खा पहिरो खसेर सडक अवरुद्ध भएको थियो ।
नारायणगढ – मुग्लिनसडक आयोजनाका इन्जिनियर कृष्ण आचार्यका अनुसार राति देखिनै पहिरो पन्छाउने काम थालिएको थियो । तीन वटा एक्स्काभेटर र एउटा लोडर पहिरो पन्छाउन प्रयोग गरिएको थियो । सडकको ३० मिटर भाग पहिराले ढाकेको उहाँले जानकारी दिनुभयो । झन्डै ३० मिटर सडक माथिबाट पहिरो खसेको उहाँले बताउनुभयो । सडकको पहिरो पन्छाएसँगै यातायात सञ्चालनमा आएको छ ।








प्रतिक्रिया राख्नुहोस्