तपाईँ सुन्दै हुनुहुन्छः

आयुर्वेद औषधालयको व्यवस्थापन गरिने : नगर प्रमुख चौधरी

कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरीले आयुर्वेद औषधालयको व्यवस्थापन गरिने बताउनु भएको छ ।

बेलौरीको कलकत्तामा शनिबार रामपुर विलासपुर आयुर्वेद औषधालयद्वारा राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरी जयन्तीका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख चौधरीले परम्परागत उपचार विधिलाई क्रमिक रुपमा परिवर्तन गरी वैज्ञानिक विधिबाट आयुर्वेद प्रवर्धन हुँदै गएकोले यसलाई प्रचारात्मक ढंगबाट व्यवस्थापन गर्न आवश्यक रहेको बताउनु भयो ।

अहिले केही सिमित स्थानमा आयुर्वेद औषधालयले सेवा प्रवाह गरिरहेको उल्लेख गर्दै नगर प्रमुख चौधरीले अब नगरपालिकाले वडास्तर सम्म यसको व्यवस्थापन गर्ने बताउनु भयो ।

त्यस्तै, बेलौरी नगरपालिकाका उपप्रमुख चित्र कुमारी चौधरीले आयुर्वेद प्रति नागरिकको विश्वास बढाउन आवश्यक रहेको बताउनु भएको छ ।

र्यक्रममा बेलौरी नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष नन्द कुमार रानाले चालु आर्थिक वर्षमा नगरपालिकाको बजेटबाट रामपुर विलासपुर आयुर्वेद औषधालयका लागि केही बजेट विनियोजन गरिएको भएपनि त्यो पर्याप्त नभएको उल्लेख गर्नुभयो । उहाँले हरेक वडामा आयुर्वेद औषधालय स्थापना गरी जनचेतना जगाउनु पर्ने र सेवा प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा बेलौरी नगरपालिका रामपुर विलासपुर आयुर्वेद औषधालयका बैद्य विजय राज जोशीले आयुर्वेदको इतिहास र वर्तमान अवस्थामाथी प्रकाश पार्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button