तपाईँ सुन्दै हुनुहुन्छः

न्यायाधीश सहित कर्मचारीमा कोरोना देखिएपछि जिल्ला अदालतको सेवा कटौती

सल्यान । सल्यान जिल्ला अदालतका न्यायाधीश सहित अन्य कर्मचारीमा कोरोना संक्रमण देखिएपछि अदालतले अति आवश्यक मुद्दामा मात्र सेवा प्रवाह गर्ने भएको छ ।

बुधवार एन्टिजेन परीक्षण गर्दा न्यायाधीश सहित अन्य कर्मचारीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएकाले सबै सेवा प्रवाह गर्न नसकिने अदालतले जनाएको छ ।

अदालतले बुधवार एक सूचना जारी गर्दै हदम्याद सकिने फिराद पत्र, उजुरी पत्र, प्रतिउत्तर पत्र तथा अभियोग दर्ता, प्रतिवादीको बयान तथा थुनछेक आदेश, पक्राउ पुर्जी जारी तथा जरुरी पक्राउ पुर्जी स्वीकृति, हिरासत निगरानी कक्षमा राख्ने अनुमतिको आदेश दिने लगायतका सेवा मात्र प्रवाह हुने उल्लेख गरिएको छ ।

यही माघ ७ गतेसम्मका लागि सेवा कटौती गरिएको सूचनामा उल्लेख गरिएको छ । ७ गतेसम्म अवस्था नियन्त्रणमा नआए अर्को निर्णय गरी थप सेवा सङ्कुचन, विस्तार वा अवधि थप गर्न समेत सकिने उल्लेख गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button