भन्सार छलीको गरगहना सहित एक जना पक्राउ
बारा । इलाका प्रहरी कार्यालय सिमरा, बाराले लाखौँ मूल्य बराबरको भन्सार छलीको गरगहना सहित एक जनालाई पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१ स्थित नेपाल टेलिकम अगाडिबाट गरगहना सहित भारत विहार मोतिहारी जिल्ला ढाका बस्ने वर्ष २३ का सुनिल गुप्ता रहेको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले जानकारी दिनुभयो ।

वीरगन्जबाट पथलैयातर्फ जाँदै गरेको ना ३३ प ८५२६ नम्बरको मोटरसाइकलको तेल ट्याङ्कीको भित्र फल्स बटन बनाई लुकाइछिपाई ल्याउँदै गरेको अवस्थामा ११ लाख ३५ हजार ९ सय ७३ रुपैयाँ बराबरको १० किलो तयारी गरगहना प्रहरीले बरामद गरेको हो ।

बरामद गरगहनामा चाँदीको गरगहना पाउजु, बाला, चाबी रिँग, बुट्टी तथा कल्ली समेत बरामद भएको छ ।








प्रतिक्रिया राख्नुहोस्