तपाईँ सुन्दै हुनुहुन्छः

१० केजी लागु औषध चरेससहित एक जना पक्राउ

बीरगञ्ज । पर्सा प्रहरीले १० केजी लागु औषध चरेससहित एक महिलालाई पक्राउ गरेको छ । 

प्रहरीले वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ शङ्कराचार्य गेटमा नियमित चेकजाँचको क्रममा उक्त परिमाण बराबरको चरेस बरामद गरेको हो । 

शङ्कास्पद अवस्थामा रक्सौलतर्फ पैदल जाँदै गरेकी रौतहटको परोवा नगरपालिका वडा नम्बर ९ बंकुल टोल निवासी ४२ वर्षीय रञ्जु देवीलाई प्रहरीले पक्राउ गरेको पर्सा प्रहरीले जनाएको छ ।
   

बरामद लागु औषधसहित महिलालाई नियन्त्रणमा लिई लागु औषध सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button