तपाईँ सुन्दै हुनुहुन्छः

प्रिन्स दाहाललाई प्रधानमन्त्री देउवाको बधाई

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्व ब्याडमिन्टन जुनियर वरियताको शीर्ष स्थानमा पर्न सफल प्रिन्स दाहाललाई बधाई दिनुभएको छ । 

प्रधानमन्त्रीले विश्व ब्याडमिन्टन जुनियर वरियताको शीर्ष स्थानमा पुग्नुभएका दाहाललाई ट्वीटरमार्फत् बधाई दिनुभएको हो ।

उहाँले सामाजिक सञ्जाल ट्विटरमा एक ट्विट गर्दै “विश्व ब्याडमिन्टन महासङ्घले जारी गरेको पुरुष जुनियर तर्फको विश्व वरियतामा शीर्ष स्थान हासिल गर्न सफल हुनुभएकोमा १९ वर्षीय प्रिन्स दाहाललाई हार्दिक बधाई तथा आगामी दिनको लागि शुभकामना व्यक्त गर्दछु ।” भन्नुभएको छ । 

ब्याडमिन्टनमा इतिहास रचेर नेपालका प्रिन्स दाहाल विश्व ब्याडमिन्टनको जुनियर तर्फको वरीयतामा शीर्ष स्थानमा उक्लिनुभएको छ । विश्व ब्याडमिन्टन महासङ्घले जारी गरेको पुरुष जुनियरतर्फको वरीयताअनुसार १९ वर्षीय दाहाल पहिलो पटक शीर्ष स्थानमा उक्लिनुभएको हो । उहाँको १० हजार पाँच सय अङ्क रहेको छ । 

विश्व ब्याडमिन्टन महासङ्घले प्रत्येक साता विश्वभरका जुनियर तथा सिनियर खेलाडीको वरीयता सार्वजनिक गर्ने गरेको छ ।

सम्बन्धित समाचार

प्रिन्स दाहाल इतिहास रच्दै विश्व जुनियर ब्याडमिन्टनको शीर्ष स्थानमा

प्रतिक्रिया राख्नुहोस्

Back to top button