तपाईँ सुन्दै हुनुहुन्छः

प्रेस चौतारी तनहुँको अध्यक्षमा राजकुमार श्रेष्ठ

तनहुँ । प्रेस चौतारी नेपाल तनहुँ शाखाको अध्यक्षमा राजकुमार श्रेष्ठ ‘बि.बि’ चयन हुनुभएको छ । 

नवौँ जिल्ला अधिवेशनबाट श्रेष्ठको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति चयन गरिएको प्रेस चौतारी तनहुँले जनाएको छ ।

त्यस्तै उपाध्यक्षमा कृष्णचन्द्र न्यौपाने, महिला उपाध्यक्षमा सम्झना रसाइली, सचिवमा ऋषिकान्त दुवाडी, कोषाध्यक्षमा मदन तिमल्सेना, सह–सचिवमा किरण श्रेष्ठ र सुनिता आचार्य चयन हुनुभएको छ ।

त्यस्तै सदस्यहरूमा विनोद ढुङ्गाना, ध्रुव सुवेदी, सविन लामिछाने, अञ्जन परियार, शर्मिला विक र अशोक विश्वकर्मा चयन हुनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button