एमाले स्याङ्जाको अध्यक्षमा गैह्रे निर्वाचित

स्याङ्जा । नेकपा एमाले स्याङ्जाको आठौँ अधिवेशनबाट सूर्यप्रसाद गैह्रे पारस निर्वाचित हुनुभएको छ ।
मङ्गलवार गरिएको मतगणना अनुसार ४४० मतसहित गैह्रे विजयी हुनुभएको हो । उहाँका प्रतिष्पर्धी नारायण मरासिनीले २५७ मत प्राप्त गर्नुभयो । यसअघि उपाध्यक्षमा कृष्ण खाँण निर्विरोध निर्वाचित हुनुभएको थियो । त्यस्तै सचिवमा राजेन्द्र डुम्रे विजयी हुनुभएको छ । डुम्रेले ३९४ मत सहित विजयी हुनुभएको हो । उहाँका प्रतिष्पर्धी भूपराज अधिकारीले २८० मत प्राप्त गर्नुभयो ।
उपसचिवमा विश्व पौडेल ३९५ मत र तारा शर्मा ३७३ मतसहित विजयी हुनुभएको छ । उपसचिवका उम्मेद्धारहरु जीवन पौडेलले १५८ र सन्तोष केसीले ३४६ मत प्राप्त गर्नुभयो । कुल ७०९ मत मध्ये सोमबार सम्पन्न मतदानमा ६९८ जनाले मतदान गरेका थिए । सोमबार नै मतदान सकिए पनि मङ्गलवार मात्रै मतगणना गरिएको थियो । पुस २३ गते अधिवेशनको उद्घाटन गरिए पनि लामो समयको सहमति प्रयास गरिए पनि अन्ततः सोमबार दुई प्यानल चुनावी प्रतिष्पर्धामा होमिएका हुन् ।
जिल्ला अध्यक्ष गैह्रे र सांसद नारायण मरासिनी आ–आफ्ना प्यानलसहित मैदानमा उत्रिनुभएको थियो । पदाधिकारीमा मरासिनी प्यानलका सहसचिव पौडेल बाहेक अन्य उपाध्यक्ष, सचिव र अर्का सहसचिव गैह्रे प्यानलका हुन् ।
१ सय ५ सदस्यीय जिल्ला कमिटीमा अन्य सदस्यहरूको मतगणना अब केही बेरमा गरिँदै छ । १३ हजार ६६५ सङ्गठित सदस्य रहेको एमाले स्याङ्जाको अधिवेशनका लागी ११ पालिका र ९७ वडाबाट प्रतिनिधि छनौट गरिएको थियो ।








प्रतिक्रिया राख्नुहोस्