तपाईँ सुन्दै हुनुहुन्छः

सुडानको राजनीतिक संकट समाधानका लागि संयुक्त राष्ट्रसङ्घले पहल थाल्यो

खार्तुम  । सुडानमा देखिएको राजनीतिक सङ्कटको समाधानका लागि संयुक्त राष्ट्रसङ्घले पहल थालेको छ । यहाँका राजनीतिक दलहरूलाई संयुक्त राष्ट्रसङ्घले वार्ताको टेबलमा राख्ने प्रक्रियाको थालनी गरेको बताइएको हो । 

सुडानका राजनीतिक दलहरूलाई शान्ति वार्ताको टेबलमा बसेर समस्याको समाधान निकाल्न पहल गरेको हो । 

यसका लागि सुडानका लागि संयुक्त राष्ट्रसङ्घीय मिसनका प्रमुख भोल्कर पर्थस्ले सुडानका सबै दललाई वार्ताको टेबलमा बस्न आह्वान गर्दै संयुक्त राष्ट्रसङ्घले आवश्यक सहयोग र समन्वय गर्ने बताउनुभएको हो । 

संयुक्त राष्ट्रसङ्घले सबै पक्षलाई समेटेर एक सर्वपक्षीय सम्मेलन गर्न लागेको उहाँले जानकारी दिनुभयो । उहाँले सुडानका सबै राजनीतिक दलहरू, आन्दोलनरत पक्ष, नागरिक समाज, सुरक्षा निकायका प्रमुखहरूलाई पनि सो वार्तामा बोलाइने उहाँले बताउनुभयो । 

साथै संयुक्त राष्ट्रसङ्घले यो समय हिंसा र आन्दोलन गर्ने समय नभएकाले सबै पक्ष मिलेर शान्तिपूर्ण रुपमा राजनीतिक निकास निकाल्नुपर्नेमा जोड दिएको छ । यहाँका राजनीतिक दलहरूले सरकारका विरुद्धमा आन्दोलन गरेका छन् । सो आन्दोलनका कारण यहाँ केही दिनदेखि हिंसा जारी रहेको छ । 

यहाँका प्रधानमन्त्रीले आफ्नो पदबाट राजीनामा दिएको घोषणा गर्नुभएको छ । तर पनि राजनीतिक संकट भने हटेको छैन । अहिले पनि यहाँ दिनहुँ जसो आन्दोलन जारी नै रहेको  छ । रासस/सिन्ह्वा

प्रतिक्रिया राख्नुहोस्

Back to top button