तपाईँ सुन्दै हुनुहुन्छः

बहु प्राविधिक शिक्षालय र पालिकाको प्रशासकीय भवन एकसाथ बन्दै

सोलुखुम्बु । सोलुखुम्बुको सबै भन्दा ठूलो थुलुङ दूधकोशी गाउँपालिकामा एकसाथ दुई वटा महत्त्वपूर्ण भवन बन्ने भएका छन् । पालिकाभित्र बहु प्राविधिक शिक्षालयको मास्टर बिल्डिङ र पालिकाको प्रशासकीय भवनको शिलान्यास गरिएको गाउँपालिका अध्यक्ष असीम राईले जानकारी दिनुभयो ।

करिब सात करोड रुपियाँको लागतमा निर्माण हुने थुलुङ दूधकोसी बहु प्राविधिक शिक्षालयको मास्टर बिल्डिङ र ४ करोड ५० लाख रुपियाँको लागतमा निर्माण हुने प्रशासनिक भवनको गाउँपालिका अध्यक्ष असीम राईले शिलान्यास गरेपछि भवन बन्ने कार्य शुरु भएको हो ।

थुलुङ दूधकोशी गाउँपालिकामा एकसाथ दुई वटा भवन शिलन्यास गर्दै गाउँपालिका अध्यक्ष असिम राई

शिक्षालयको भवन फूलबारी–श्याम सुन्दर जेभीले निर्माण गर्ने सम्झौता भएको बताइएको छ । थुलुङ दूधकोशीलाई जिल्लाकै शैक्षिक केन्द्र बनाउने लक्ष्य रहेको भन्दै अध्यक्ष राईले सोही अनुसार तीन वर्षे सिभिल सब–इन्जिनियरिङ, वाली विज्ञान लगायतका प्राविधिक विषयहरूको पठनपाठन शुरु गरिएको र आवश्यकता अनुसार विषय थप गर्दै जाने बताउनुभयो ।

जिल्लामै पहिलो र छिटो प्रि–फ्याब भवन निर्माण गरी प्रशासनिक सेवा प्रवाह गरिरहेको गाउँपालिकाले पक्की प्रशासनिक भवन निर्माणपछि थप सहज हुने जनाएको छ । भवन निर्माणको लागि स्थानीय एकबहादुर गुरुङ र उहाँको परिवारले निःशुल्क जग्गा प्रदान गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button