पाल्पामा नेपाली काङ्ग्रेसको दुई दिने प्रशिक्षण सुरु
पाल्पा । नेपाली काङ्ग्रेस पाल्पाको आयोजनामा दुई दिने प्रशिक्षक प्रशिक्षण सुरु भएको छ । शुक्रवार र शनिबार गरी दुई दिनसम्म चल्ने प्रशिक्षण लुम्बिनी प्रदेशका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वीरबहादुर रानाले उद्घाटन गर्नुभयो ।

कार्यक्रममा जिल्ला कार्यसमिति, प्रदेश सभापति र सचिव, क्षेत्रीय सभापति र सचिव, पालिका सभापति र सचिव त्यस्तै गरी भातृ तथा शुभेच्छुक संस्थाका दुई /दुई जना प्रतिनिधिहरूको सहभागिता रहेको छ ।

प्रशिक्षणको पहिलो दिन उप प्राध्यापक शारदा खनाले बिपीको बहु आयामिक व्यक्तित्वको विषयमा सहभागीलाई प्रशिक्षण दिनुभयो । काङ्ग्रेसलाई अवसर र चुनौतीका विषयमा पूर्व केन्द्रीय सदस्य तथा पूर्व जिल्ला सभापति राजनप्रसाद पन्तले प्रशिक्षण दिनुभयो ।
प्रशिक्षण भोलि समाप्त हुनेछ ।








प्रतिक्रिया राख्नुहोस्