आफूबारेको समाचारप्रति कांग्रेस केन्द्रीय सदस्य डा.राणाको ध्यानाकर्षण

काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा.आरजु राणा देउवाले सञ्चार माध्यममा विभिन्न सङ्घ संस्थामा आफ्नो संलग्नता भएको भनी सम्प्रेषित समाचारप्रति ध्यानाकर्षण भएको जनाउनुभएको छ ।
उहाँले आज सामाजिक सञ्जालमार्फत ग्रामीण महिला विकास तथा एकता केन्द्र (रुडुक), साथी नेपाल, सुरक्षित मातृत्व सञ्जाल महासङ्घ, नामी कलेज, उल्लेन्स स्कुल र ब्लड डोनर्स एसोसिएशन अफ नेपाल बाहेक अरू कुनै पनि संस्थामा सल्लाहकार अथवा अन्य कुनै पदमा आफ्नो संलग्नता नरहेको स्पष्ट पार्नुभएको छ ।
काँग्रेसको १४औँ महाधिवेशनबाट हालै केन्द्रीय सदस्यमा निर्वाचित डा.राणाले आफ्नो संलग्नताको विषयलाई जोडेर सम्प्रेषित समाचारका सम्बन्धमा स्पष्ट पार्नुभएको हो । रासस








प्रतिक्रिया राख्नुहोस्