तपाईँ सुन्दै हुनुहुन्छः

काजकिस्तानको दङ्गामा १,००० भन्दा बढी घाइते

मस्को  । काजकिस्तानमा जारी अशान्तिमा एक हजारभन्दा बढी व्यक्ति घाइते भएको स्वास्थ्य मन्त्रालयले बिहीबार जनाएको छ।    

“काजकिस्तानका विभिन्न क्षेत्रहरूमा भएका दङ्गाका कारण १,००० भन्दा बढी व्यक्ति घाइते भएका छन्, तीमध्ये झन्डै ४०० जना अस्पतालमा भर्ना भएका छन् र ६२ जनालाई सघन उपचारमा राखिएको छ,” उपस्वास्थ्य मन्त्री अजहर गुइनियतले खबर-२४ टेलिभिजनमा सो बारे जनाकारी दिनुभएको रुसी समाचार एजेन्सी इन्टरफ्याक्स र टासले जनाएको छ ।   रासस-एएफपी   

प्रतिक्रिया राख्नुहोस्

Back to top button