नेपाल मिडिया अवार्ड मनोनयन सार्वजनिक

काठमाडौँ। नेपाल मिडिया अवार्ड, २०७८ को मनोनयन सार्वजनिक गरिएको छ । ड्रिम हाइ नेपालले यही पुस २४ गते काठमाडौँमा गर्न लागेको उक्त कार्यक्रममा कूल १९ विधाका उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरिएको हो ।
पहिलो पटक आयोजना हुन लागेको सो कार्यक्रममा टेलिभिजन, छापा, एफएम रेडियो र अनलाइन सञ्चार माध्यममा कार्यरत सञ्चारकर्मीको पछिल्लो एक वर्षयताको उपस्थिति र प्रस्तुतिलाई आधार बनाएर उत्कृष्ट मनोनयन सार्वजनिक गरिएको छ ।
आर्थिक, स्वास्थ्य, राजनीति, सामाजिक, शैक्षिक, पर्यटनलगायतका क्षेत्रमा निरन्तर कलम चलाएका पत्रकार छनोटमा परेका छन् । आयोजक संस्थाका निर्देशक कमल जिसीले नेपाल मिडिया अवार्डको मनोनयन सार्वजनिकसँगै भैरव रिसाल, किशोर नेपाल र नीर शाहलाई दीर्घ साधना सम्मानबाट सम्मान गरिने जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्