स्थानीय जातका माछा संरक्षण गर्दै मत्स्य प्रवर्द्धन केन्द्र
मकवानपुर । मकवानपुरको मकवानपुर गढी गाउँपालिका–५, स्थित सामरी खोलामा स्थानीय रहु र नैनी जातका माछाका ३४ हजार भुरा छाडिएको छ ।
सोमबार प्राकृतिक जलाशय मत्स्य प्रवर्द्धन एवम् संरक्षण केन्द्र हेटौँडाले माछाका भुरा छाडेको हो ।

प्राकृतिक जलाशय मत्स्य प्रवर्द्धन एवम् संरक्षण केन्द्र हेटौँडाका प्रमुख सरोज कुमार यादव र मकवानपुर गढी गाउँपालिका–५ का वडाध्यक्ष जीतबहादुर घिमिरेसहितको टोलीले खोलामा माछाका भुरा छाड्नुभएको हो ।
स्थानीय जातका माछा लोप हुन नदिन माछा छाडिएको प्रमुख यादवले बताउनुभयो । वडा अध्यक्ष घिमिरेले खोलाका माछा सबैले संरक्षण गर्नुपर्ने बताउनुभयो ।
खोलामा विष हाल्ने, करेन्ट लगाउने जस्ता काम नगर्न आग्रह गर्नुहुँदै वडाध्यक्ष घिमिरेले त्यस्तो कार्य गरेमा कानुनी कारबाही गर्ने बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्