तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश सभा सदस्य कुर्मीद्वारा दाउरा वितरण

वीरगञ्ज । पर्सा क्षेत्र नम्बर २ ख का प्रदेश सभा सदस्य रमेश प्रसाद कुर्मीले बढ्दै गएको चिसो तथा शितलहरलाई मध्यनजर गर्दै दाउरा वितरण गर्नुभएको छ । 

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का प्रदेश सभा सदस्य कुर्मीले वीरगन्जको विभिन्न वडामा दाउरा वितरण गर्नुभएको हो । 

केही दिन देखि पर्सा, बारा सहित तराईमा बढ्दै गइरहेको चिसोका कारण नागरिकको जनजीवन कष्टकर बन्दै गएपछि प्रदेश सभा सदस्य कुर्मीले दाउरा वितरण थाल्नुभएको हो । 

नागरिकलाई न्यानो होस् भन्ने अभिप्रायले वीरगञ्ज महानगरपालिका वडा नम्बर १, १७, २४, २५ र २६ मा दाउरा वितरण गरिएको उहाँको भनाइ छ । उहाँका अनुसार प्रति वडा करिब ५ क्विन्टलका दरले दाउरा वितरण गरिएको छ । 

पहिलो चरणमा दाउरा वितरण गरिएको र चिसोबाट जनतालाई जोगाउनका लागि अरू कामलाई पनि योजनाबद्ध ढङ्गले निरन्तरता दिने कुर्मीको भनाई छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button