हिमालयन शेर्पाद्वारा सातदोवाटो यूथ क्लब पराजित
काठमाडौँ । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा सोमबार हिमालयन शेर्पा क्लबले सातदोवाटो यूथ क्लबमाथि १–० गोल अन्तरको जित निकालेको छ ।
मार्टिन नाङ्गाले अन्तिम समयमा पेनाल्टीमा गोल गर्न नसक्दा सातदोवाटो बराबरी गर्न असफल भएको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा दिनको पहिलो खेलमा जितेसँगै सात खेलबाट ११ अङ्कसहित शेर्पा लिगको पाँचौँ स्थानमा पुगेको छ । लिगमा शेर्पाको यो तेस्रो जित हो ।
समान खेलबाट ८ अङ्कसहित सातदोवाटो आठौँ स्थानमा झरेको छ । सातदोवाटोले लगातार तेस्रो हार बेहोरेको हो । शेर्पाका कप्तान विश्वास श्रेष्ठले पहिलो हाफको अन्त्यतिर पेनाल्टीमार्फत गरेको गोल नै जितमा निर्णायक बन्यो ।








प्रतिक्रिया राख्नुहोस्