तपाईँ सुन्दै हुनुहुन्छः

सोलुखुम्बुको देउसामा एक नवजात शिशुको शव फेला

सोलुखुम्बु । सोलुखुम्बुको देउसामा एक नवजात शिशुको शव फेला परेको छ । 

थुलुङ दूधकोशी गाउँपालिका–८ बुढीडाँडाको देल्चब भन्ने स्थानमा बाँसको झ्याङमा नवजात शिशुको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

रातको समयमा शव फलिएको हुन सक्ने आशङ्का गरिएको छ । 

करिब दुई÷तीन दिन अघि जन्माएर छोडेको जस्तो देखिने शव कुकुरले हात खाएको अवस्थामा स्थानीयले घाँस काट्न जाने क्रममा फेला पारेका हुन् । 

घटनास्थलमा प्रहरी पुगेर निरीक्षण गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरी टोलीले शवको कानुनी प्रक्रिया पुरा गरी पोस्टमार्टमका लागि जिल्ला अस्पताल फाप्लु ल्याइएको प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी दिनुभयो । 

प्रहरीले सोधपुछ गर्दा आसपासमा त्यस्ता व्यक्ति कोही पनि पत्ता नलागेकाले टाढैबाट ल्याएर छोडेको हुनसक्ने प्रहरीको अनुमान छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button