तपाईँ सुन्दै हुनुहुन्छः

थप ३ सय २६ जनामा कोरोना संक्रमण पुष्टि, दुई जनाको मृत्यु

फाइल तस्बिर

काठमाडौँ । देशभर आज थप ३ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

१२ हजार ४ सय ९८ नमुनाको परीक्षण गर्दा ३ सय २६ जनामा संक्रमण पुष्टि भएको हो । 

आज संक्रमित २ सय ५५ जना निको भएका छन् । तथ्याङ्क अनुसार हालसम्म ९८ प्रतिशत संक्रमित निको भइसकेका छन् ।

सङ्क्रमणका कारण आज थप दुई जनाको मृत्यु भएको छ ।  योसँगै हालसम्म ११ हजार ५ सय ९८ जनाको मृत्यु भइसकेको छ । 

आज देशभर ३ लाख ४४ हजार ४४ जनाले खोप लगाएका छन् । 

No photo description available.

प्रतिक्रिया राख्नुहोस्

Back to top button