तपाईँ सुन्दै हुनुहुन्छः

सत्ता गठबन्धनकाे बैठक बस्दै

काठमाडौँ । पाँच दलीय सत्ता गठबन्धनको बैठक आज बस्ने भएको छ । राष्ट्रियसभा निर्वाचनबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्न लागेको जनाइएको छ ।

केही समय यता सत्ता गठबन्धनको बैठक बस्न सकेको थिएन ।

यसअघि मङ्सिर ४ गते सत्ता गठबन्धनका दलसहित संसद्मा प्रतिनिधित्व गर्ने दलहरूको सर्वदलीय बैठक बसेको थियो । तर उक्त छलफलमा प्रमुख प्रतिपक्षी नेकपा एमाले भने अनुपस्थित रहेको थियो ।

सत्ता गठबन्धनमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय जनमोर्चा रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button