तपाईँ सुन्दै हुनुहुन्छः

मुलुकलाई भाषणबाट नभई कामबाट समृद्धि तर्फ लैजानु पर्छ : मन्त्री कार्की

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले अब मुलुकलाई भाषणबाट नभई कामबाट समृद्धि तर्फ लैजाने गरी काम देखाउनु पर्ने बताउनुभएको छ ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले प्रकाशनमा ल्याएका विभिन्न ३ वटा पुस्तकको आज काठमाडौँमा विमोचन गर्नुहुँदै  सञ्चारमन्त्री कार्कीले समाजको सकारात्मक रूपान्तरणमा कला साहित्यको भूमिका महत्त्वपूर्ण रहको बताउनुभयो ।

सञ्चारमन्त्री कार्कीले मुलुक जति नै विकास र समृद्धिको दिशातर्फ अगाडि बढ्छ उति नै कला र साहित्यको पनि विकास हुँदैजाने पनि बताउनुभयो ।

सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चारमन्त्री कार्कीले देशको सम्पदाहरूको सक्दो सही सदुपयोग गर्दै देशलाई विकास तर्फ अग्रगति दिन सरकार लागिरहेको र जनताको विकासको चाहना पुरा गर्न कुनै किसिमको कमी हुन नदिने गरी काम गरिन थालेको बताउनुभयो ।

सञ्चारमन्त्री कार्कीले सो समारोहमा डा.रामकुमार भौकाजीद्वारा लिखित समस्यामा नेपाली कला र कलाकर्मी, डा. याम प्रसाद शर्माद्वारा लिखित नेपाली पेण्टिंग सम्बन्धी पुस्तक तथा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले प्रकाशनमा ल्याएको नेपाली मूर्तिकला विकासमा ठाकुरप्रसाद मैनाली पुस्तकको विमोचन गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button