तपाईँ सुन्दै हुनुहुन्छः

वैष्णोदेवी मन्दिरमा भाग दौड १२ जनाको मृत्यु

काठमाडौँ । भारतको वैष्णोदेवी मन्दिर परिसरमा भएको भाग दौडमा कम्तीमा १२ जनाको मृत्यु भएको छ ।

नयाँ वर्षको दिन ठूलो सङ्ख्यामा मानिसहरू मन्दिरमा दर्शन गर्न गएका बेला भएको भाग दौडमा २० जना भन्दा बढी घाइते भएका छन् ।

वैष्णोदेवी मन्दिर परिसरमा भएको भएको घटनाप्रति दुःख व्यक्त गर्नुहुँदै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।

घटनाका बारेमा अनुसन्धान भइरहेको अधिकारीहरूले जनाएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button