तपाईँ सुन्दै हुनुहुन्छः

उज्वेकिस्तानमा ग्यास विष्फोट हुँदा ३ जनाको मृत्यु

तास्कन्द। उज्वेकिस्तानको पूर्वी फर्गाना क्षेत्रमा एउटा नुहाउने घरमा भएको ग्यास विष्फोटमा तीन जनाको मृत्यु हुनाको साथै अन्य चार जना घाइते भएको उज्बेकको आपतकालीन मन्त्रालयले शुक्रबार जनाएको छ।

विष्फोटको कारण नुहाउने घरको छाना भत्किएको बताइएको छ । घटनाको प्रारम्भिक अनुसन्धान भइरहेको मन्त्रालयले जनाएको छ ।सिन्ह्वा

प्रतिक्रिया राख्नुहोस्

Back to top button