तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय एकता तथा मेलमिलाप दिवसमा पाल्पामा चियापान कार्यक्रम

पाल्पा ।  नेपाली काँग्रेस पाल्पाले राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा चियापान कार्यक्रम सम्पन्न गरेको छ । 

नेपाली काँग्रेस पाल्पाको बिपी स्मृति पुस्तकालय हलमा आज भएको कार्यक्रममा जिल्लाका क्रियाशील राजनैतिक दलका प्रमुख, राष्ट्रसेवक कर्मचारी, स्थानीय तहका प्रमुख, पत्रकार तथा पार्टीका पदाधिकारी तथा नेता कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा नेपाली कांग्रेस पाल्पाका नव निर्वाचित सभापति हिमालदत्त श्रेष्ठले आफ्नो चार बर्षे कार्यकालमा सबै राजनैतिक दल पाल्पाली नागरिकसँग बिपीले अवलम्बन गर्नुभएको मित्रवत् तथा मेलमिलापको भूमिका खेल्ने बताउनुभयो ।

सभापति श्रेष्ठले जननायक बिपी कोइराला सम्झिँदै उहाँले एकता र मेलमिलापमा खेल्नुभएको भूमिकाको प्रशंसा गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button