सुनसरीमा नयाँ वर्ष यलम्बर सम्वत् ५०८२ को अवसरमा सप्ताहव्यापी कार्यक्रम गरिने
सुनसरी । आज सुनसरीको धरानमा पत्रकार सम्मेलनको आयोजना गरी किरात राई यायोक्खा सुनसरीले किरात नयाँ वर्ष यलम्बर सम्वत् ५०८२ को अवसरमा सप्ताहव्यापी कार्यक्रम गर्ने भएको छ ।
किरात राई यायोक्खा जिल्ला कार्यसमिति सुनसरीले यही पुस २१ गते डिपो माध्यमिक विद्यालयमा महिला बास्केटबल प्रतियोगिता, पुस २३ गते किरात राई यायोक्खा सुनसरी र नेपाल पत्रकार महासङ्घ सुनसरीबिच फुटसल प्रतियोगिता, पुस २५ देखि २७ गते सम्म घर घरमा झन्डा राख्ने कार्यक्रम, पुस २८ गते देखि माघ १ गते सम्म दीप प्रज्वलन सुनसरी जिल्लाभर घर घरमा गर्ने, पुस २९ गते यलम्वर सम्बतको प्रचारात्मक ८२ वटा बेलुन उडाउने र पुस ३० गते धरानको भानुचौकमा यलम्वर साँझ ५०८२ कार्यक्रम हुने जानकारी दिइएको छ ।
प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले यलम्वर साँझ कार्यक्रमको उद्घाटन गर्ने किरात राई यायोक्खा सुनसरीका अध्यक्ष राजेन्द्र राईले पत्रकार सम्मेलनमा जानकारी दिए ।
यलम्वर साँझ दिउसो २ बजेबाट सुरु हुनेछ भने यलम्वर साँझको पहिलो सत्रमा किरात राज्य किन ? र यलम्वर सम्वत् ५०८२ को बारेमा राजन मुकारुङ लगायतले कार्यपत्र प्रस्तुत गर्ने बताइएको छ ।
साँझ हुने यलम्बर साँझ ५०८२ मा सांस्कृतिक कार्यक्रम हुने जसमा गायिका मलिना राई, विल्सन विक्रम राई (तक्मे बुढा) किरात राई सांस्कृतिक कलाकार सङ्घका कलाकारहरूको साङ्गीतिक प्रस्तुति हुने पत्रकार सम्मेलनमा किरात राई यायोक्खा सुनसरीका सचिव नवीन राईले जानकारी दिए ।








प्रतिक्रिया राख्नुहोस्