तपाईँ सुन्दै हुनुहुन्छः

विद्यालय गएका किशोर ४ दिन देखि बेपत्ता

वीरगंज । वीरगंज महानगरपालिका वडा नम्बर १५ भिष्वा स्थित घरबाट पुस ११ गते बिहान विद्यालय हिँडेका एक किशोर बेपत्ता भएका छन् । 

घरबाट बिहान १० बजे विद्यालय जान निस्किएका भिष्वा निवासी विनोद मिश्रका १५ वर्षीय छोरा पुष्कर मिश्र सोही दिनदेखि बेपत्ता भएको परिवारजनले बताएका छन् । 

विद्यालय गएको छोरा ४ दिन देखि बेपत्ता भएपछि नजिकको आफन्त लगायत सम्पूर्ण स्थानमा खोजी गर्दा नभेटिएको र निजको खोजतलासका लागि जिल्ला प्रहरी कार्यालयमा निवेदन समेत दिएको बालकका बुवा विनोद मिश्रले बताउनुभयो । 

बालक अपहरण गर्न खोजेको आरोपमा एक पक्राउ

८ वर्षीय बालकलाई हात खुट्टा बाँधी अपहरण गर्न खोजेको आरोपमा १ युवकलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । 

वीरगंज महानगरपालिका वडा नम्बर १३ तेजारथ टोलमा साथीहरूसँग खेल्दै गरेका ८ वर्षीय बालकलाई मादक पदार्थ सेवन गरी नशाको तालमा हात खुट्टा बाँधेर अपहरण शैलीमा अन्यत्रै लैजान खोज्ने वीरगंज महानगरपालिका वडा नम्बर २३ पिप्राका २३ वर्षीय अवधेश पटेललाई प्रहरीले पक्राउ गरेको हो । 

आफ्ना साथीहरूसँग खेल्दै गरेका जितेन्द्र पटेलका ८ वर्षीय छोरा अभिराज पटेललाई गलबन्दीले हात खुट्टा बाँधी लिएर जाँदै गर्दा अन्य बच्चाहरूले हल्ला गरेपछि स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए ।

पक्राउ परेका व्यक्ति लागुऔषध सेवनकर्ता रहेको र नशाको सुरमा बच्चालाई गलबन्दीले बाँधेको बुझिएको वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक दिनेश गौतमले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button