तपाईँ सुन्दै हुनुहुन्छः

बैतडीमा भारी हिमपात, जनजीवन कष्टकर

 बैतडी । बैतडीका उच्च लेकाली भेगहरूमा भारी हिमपात भएको छ । पाटन नगरपालिकाको खोड्पे, अनारखोली, सुर्नया गाउँपालिकाको ढोल्यामोड, श्रीभाबर, सतबाँझ, बाँजपानी, सिगास गाउँपालिकाको गर्जे, बुरुसे, चौखाम लगायतका ठाउँहरूमा मंगलबार रातीदेखि हिमपात भइरहेको छ । 

हिमपात अहिलेपनि जारी रहेको छ । हिउँ पर्न थालेसँगै चिसो बढेकाले स्वास्थ्य सावधानी अपनाउन स्वास्थ्यकर्मीले सुझाएका छन् । चिसोले बालबालिका तथा वृद्धवृद्धाहरुलाई बढी असर गर्ने भएकाले उनीहरूको ख्याल गर्न स्वास्थ्यकर्मीले सुझाएका हुन् ।वर्षा सँगै हिमपात भएपछि किसानहरू खुसी भएका छन् ।

यो बर्ष समयमै हिउँ परेकाले गहुँ बाली सप्रिने पाटन नगरपालिका ९ का किसान नर बहादुर भण्डारीले बताए ।बैतडीमा यो बर्ष पहिलो पटक हिमपात भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button