तपाईँ सुन्दै हुनुहुन्छः

पुस १९ गते सम्मका लागि धान खरिद स्थगित

बीरगंज । वीरगन्ज स्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा भण्डारण क्षमता भन्दा बढी धान विक्रीका लागि किसानले ल्याउन थालेपछि आजबाट खरिद कार्य १९ गते सम्मका लागि स्थगित गरिएको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड वीरगन्जको गोदाममा दैनिक २५ ट्याक्टर धान लोड अनलोड गर्ने क्षमता भए पनि हाल दैनिक सय ट्याक्टर भन्दा बढी धान किसानहरूले ल्याउन थालेपछि पुस १९ गते सम्म धान खरिद गर्ने कार्य स्थगित गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड वीरगन्जका प्रमुख विकास कटुवालले जानकारी दिनुभयो । 

कम्पनीले हाल २ हजार ९ सय २ रुपैयाँमा सोना मन्सुली र २ हजार ९ सय १० मा जिरा मसिनो धान खरिद गरेको छ । हाल कम्पनीमा १ हजार ६ सय ४० क्विन्टल सोना मन्सुली धान खरिद भइसकेको छ । 

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड वीरगन्जलाई सरकारले १५ हजार क्विन्टल सोना मन्सुली र ३ हजार क्विन्टल जिरा मसिनो धान खरिदको जिम्मा दिएको छ । 

भण्डारण क्षमता बढाएसँगै आगामी पुस २० गतेबाट पुनः धान खरिद गरिने प्रमुख कटुवालले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button