स्कार्पियो दुर्घटना हुँदा ५ जनाको मृत्यु, ३ घाइते
बीरगंज । रौतहटको गरुडा नगरपालिका वडा नम्बर १ स्थित जयनगर सडक खण्डमा भारतीय स्कारपियो दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या ५ पुगेको छ भने ३ जनाको अवस्था अझै गम्भीर रहेको छ ।
गाडीमा सवार ८ जनामध्ये १६ वर्षीय सेख नौसाद, २२ वर्षीय सेख सैनुल्लाह, ५५ वर्षीय मारूफ मियाँ अन्सारी र २५ वर्षीय सेख छोटु लगायतको मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायव उपरीक्षक श्रीराम भण्डारीले जानकारी दिनुभयो ।

बिआर ०५ पिए ६९५३ को भारतीय नम्बर प्लेटको स्करपियो रौतहटको पर्सा गम्हरियाबाट परोहा नगरपालिकाको नरकटिया जन्ती लिएर गएको थियो ।
विवाह कार्यक्रम सकेर घर फर्कने क्रममा रौतहटको गरुडा नगरपालिका १ स्थित जयनगर सडक खण्डमा आज अपराह्न सवा ४ बजे गाडी दुर्घटनामा परेको हो ।
गाडी तीव्र गतिका कारण बिजुलीको पोलमा ठोक्किएर सडकबाट झन्डै २० फिट तल खसेको प्रहरी नायब उपरीक्षक भण्डारीले बताउनुभयो ।
उहाँका अनुसार घाइते ३ जनाको गरुडास्थित ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ ।








प्रतिक्रिया राख्नुहोस्