तपाईँ सुन्दै हुनुहुन्छः

थप २ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि, दुई जनाको मृत्यु

Ministry of Health

काठमाडौँ । आज देशभर थप २ सय ६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

१२ हजार ५ सय ६६ नमुनाको पिसिआर तथा ऐन्टीजेन परिक्षण गर्दा २ सय ६४ जनामा संक्रमण पुष्टि भएको हो । 

यस्तै आज २ सय ६० संक्रमित निको भएका छन् । हालसम्म ९८ प्रतिशत संक्रमित निको भइसकेको मन्त्रालयको तथ्याङ्क छ ।

संक्रमण कारण आज थप दुई जनाको मृत्यु भएको छ । योसँगै नेपालमा हालसम्म कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ११ हजार ५ सय ८८ पुगेको छ ।

No photo description available.

प्रतिक्रिया राख्नुहोस्

Back to top button