तपाईँ सुन्दै हुनुहुन्छः

जुम्लाका ट्युसन पढ्ने बालबालिकालाई मोर्डना खोप लगाइँदै

खोप व्यवस्थापन बारे प्रशासनमा आयोजित छलफल कार्यक्रम  

जुम्ला । जुम्लामा सञ्चालित ट्युसन सेन्टरमा अध्ययनरत बालबालिकालाई मोर्डना खोप लगाइने भएको छ । 

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस सङ्क्रमणबाट बच्नका लागि ट्युसन सेन्टरमा अध्यायरत बालबालिकालाई खोप लगाइने भएको हो । 

जुम्लामा सञ्चालित पाँच वटा ट्युसन सेन्टरमा अध्ययनरत १२ वर्षदेखि १७ वर्ष ११ महिना २९ दिनका अर्थात् १८ वर्ष मुनिका बालबालिकालाई पहिलो डोज मोर्डना खोप लगाइने चन्दननाथ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख क्षेत्र बहादुर बुढ्थापाले बताउनुभयो । 

उहाँका अनुसार सोमबार ट्युसन सेन्टरमा अध्ययनरत बालबालिकासहित विद्यालय क्षेत्रभन्दा बाहिर रहेका सबै बालिकालाई अनिवार्य आगामी पुस २४ गतेसम्म मोर्डना खोप लगाउने निर्णय गरिएको छ । 

मङ्गलवार बिहान १० बजेदेखि सबै ट्युसन सेन्टरमा गएर खोप लगाइने स्वास्थ्य संयोजक महतको भनाई छ । 

विद्यालयमा खोप लगाउन छुटेका १२ वर्षमाथिका १८ वर्षमुनिका सबै बालबालिकालाई खोल लगाउन आफु अध्ययनरत ट्युसन सेन्टरमा उपस्थित हुन आग्रह गरिएको छ । 

जुम्लामा सरकारले करिब १३ हजार मोर्डना खोप पठाएको छ । जसमा यहाँका आठ स्थानीय तहमा १२ हजार २ सय ५० डोज खोप वितरण गरिएकोमा हाल सम्म ५ हजार ८ सय ६९ जना बालबिलालकाले खोप लगाएको जनस्वास्थ्य कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाले बताउनुभयो । 

आगामी पुस २४ गते सम्म अनिवार्य रुपमा खोप लगाएर सकाउने पर्ने भएकोले सबै बालबालिका खोपको पहुँचमा ल्याउन ट्युसन सञ्चालक, विद्यालयका प्रधानाध्यापक,सञ्चारकर्मी सबैलाई सहयोग गर्न प्रमुख सापकोटाको अनुरोध छ ।

प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईँले जिल्लामा आएको सबै खोप खपतका लागि सबै संयन्त्र जुट्नु पर्ने बताउनुभयो । 

निर्धारित समय भित्र लगाइ सक्नु पर्ने र पछि मिति गुज्रिने भएकोले सबै बालबालिकालाई खोपको पहुँचमा ल्याउन योजनागत ढङ्गबाट अघि बढ्नुपर्ने उल्लेख गर्नुभयो । 

जुम्लामा मोर्डना खोप लगाउने राष्ट्रिय लक्ष्य १३ हजार बालबालिकाको भए पनि जुम्लाका १ सय ७० वटा सरकारी विद्यालय, निजी विद्यालयका गरी करिब २० हजारको सङ्ख्या आएको छ । 

सङ्ख्यालाई अध्यापन गर्दा विद्यालयहरूले सबै उमेर समूहका विद्यार्थी पठाएको बुझिएको छ ।  १२ वर्षदेखि माथि र १८ वर्ष मुनिकालाई मात्र खोप लगाउँदा २० हजारबाट सङ्ख्या घट्ने देखिन्छ । 

हाल जुम्लामा, ब्राइट फयूचर, अल्फा, माउण्ट स्टार र डाइनामिक लगायतका ट्युसन सेन्टर जुम्लामा सञ्चालित छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button