काठमाडौँ उपत्यकालगायत देशभर चिसो बढ्यो

काठमाडौँ । केही दिनदेखि मौसममा आएको परिवर्तनसँगै आज पनि काठमाडौँ उपत्यकालगायत देशभर चिसो बढेको छ ।
पश्चिमी वायु र राजस्थानमा बनेको न्यून चापीय क्षेत्रको प्रभावका कारण मौसममा परिवर्तन आएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मौसममा आएको परिवर्तनका कारण आज र भोलि देशभर नै मध्यम खालको वर्षाको सम्भावना रहेको र पश्चिमी भूभागमा केही बढी वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मञ्जु वासीले जानकारी दिनुभयो ।
बिहीबारदेखि बिस्तारै मौसममा सुधार हुँदै जाने पनि मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बिहीबार पानी नपरे पनि मौसम भने बदली नै रहनेछ ।








प्रतिक्रिया राख्नुहोस्