तपाईँ सुन्दै हुनुहुन्छः

जिल्ला प्रशासन कार्यालय पाँचथरले बिहानैदेखि सेवा दिँदै

पाँचथर। जिल्ला प्रशासन कार्यालय पाँचथरले सेवाग्राहीहरूको चाप बढेकाले बिहान देखी नै सेवा प्रवाह गर्न सुरुवात गरेको छ ।

नागरिकता लिने सेवाग्राहीहरूको अत्यधिक चाप बढेकोले सहज र छिटो सेवा दिने उद्देश्यले बिहान ७ बजे देखी बेलुका ७ बजे सम्म सेवा दिन थालिएको प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले बताउनुभयो ।

हाल दैनिक ८० वटा सम्म नागरिकता वितरण गर्दै आएता पनि सेवाग्राहीको भिड बढ्दै गइरहेको छ ।

नागरिकता वितरणमा समस्या देखिएको भन्दै नेपाली काँग्रेस जिल्ला सभापति रुपनारायण जवेगु सहितको टोलिने प्रमुख जिल्ला अधिकारीलाई भेटी सहज बनाउन आग्रह गरेको थियो । नागरिकता वितरण सहज बनाउन प्रशासनले यस अघि नै टोकन प्रणाली लागु गरेको थियो ।

बिहान देखी दिने सेवा हाल लाई पोष १५ सम्म गरिने भए पनि अवस्थालाई मध्यनजर गर्दै अवधि थप्न सकिने प्रजिअ न्यौपानेले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button