तपाईँ सुन्दै हुनुहुन्छः

चरेशसहित दुईजना पक्राउ

कास्की।कास्की प्रहरीले पोखरामा लागुऔषध चरेशसहित शुक्रवार दुई जनालाई पक्राउ गरेको छ ।

रुकुमको भूमे गाउँपालिका २ घर भई पोखरा महानगरपालिका (३२ सातमुहाने बस्ने ५६ वर्षीया कुमारी बुढा मगर र पोखरा ३२ खुदिखोला बस्ने १९ वर्षीय विकास थापा १ किलो २३० ग्राम लागुऔषध चरेशसहित पक्राउ परेको प्रहरीले जनाएको छ ।

पोखरा सातमुहानेमा लागुऔषध चरेशको कारोबार तथा बिक्री वितरण भई रहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरूलाई लागुऔषध सम्बन्धी मुद्दामा जिल्ला अदालतबाट सात दिन म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button