तपाईँ सुन्दै हुनुहुन्छः

अङ्ग्रेजी नयाँ वर्षमा जीपनलाई चल्ने

पर्वत।साहसिक खेलको गन्तव्य बन्दै गएको पर्वतको कुस्मा बजारमा निर्माण भएको विश्वकै दोस्रो लामो सुपरम्यान जिलाइन सञ्चालनको तयारीमा रहेको छ । कुस्मा नगरपालिका–५ मा पर्ने चाक्लेको डिलबाट काली गण्डकीको गहिरो खोँच हुँदै साउने बगरसम्म १४ सय मिटर लम्बाइको जिलाइन अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।

सबै परीक्षण सकेर एक हप्ता भित्रमा जीपनलाई सर्वसाधारणका लागि खुल्ला गर्ने तयारी रहेको हार्नेस जिलाइन प्रा.लिका कार्यकारी प्रमुख सुनिल बानियाले जानकारी दिनुभयो । जीपलाईनमा दुई जनाले सँगै बग्न सकिने र ६० देखि ९० सेकेण्डमै गन्तव्यमा पुगिनेछ ।जीपनलाई भारतको श्याम जीपलाईनले निर्माण गरेको हो । निर्माण कम्पनीका इन्जिनियर नवीन मेस्सीका अनुसार हावाको गति र खेलाडीको तौलमा जिलाइनको गति भर पर्ने भए पनि जिलाइनमा यात्रा सुरु गर्दा प्रतिघण्टा एक सय ३० किलोमिटरको गतिमा बगेर गन्तव्य नजिकिँदै जाँदा बिस्तारै घट्दै जाने गर्दछ । 

काली गण्डकी नदीको सतहबाट २ सय ३८ मिटरको उचाइबाट यात्रा सुरु हुनेछ भने त्यसको ल्यान्डिङ काली गण्डकी नदी किनारमा बन्नेरिसोेर्टमा हुनेछ ।सुपर म्यान शैलीमा पर्वतको जिलाइन विश्वकै दोस्रो लामो भएको पनि बानियाँले बताउनुभयो । सुपरम्यान शैलीमा विश्वको सबैभन्दा लामो २८ सय मिटरको जिलाइन दुबईमा रहेको छ । जिप लाइनसँगै नेपालमै युनिक रिर्सोट पनि निर्माणको अन्तिम चरणमा पुगेको छ । रिर्सोट सँगै काली गण्डकीमा जलयात्रा र रिर्सोट परिसरमा आधा दर्जन अन्य साहसिक खेल पनि सञ्चालन गर्ने योजना अघि बढाइएको बानियाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button