तपाईँ सुन्दै हुनुहुन्छः

महसुल नबुझाउने ग्राहकको लाइन काट्ने प्राधिकरणको तयारी

लहान । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले २९ करोड भन्दा बढी बक्यौता देखिएपछि लामो समयदेखि महसुल नबुझाउने ग्राहकको लाइन काट्ने तयारी गरेको छ ।

लामो समयदेखि ग्राहकले विद्युत् महसुल नतिर्दा प्राधिकरणले २९ करोड ३७ लाख ३७ हजार २०७ बक्यौता असुल्न बाँकी रहेको विद्युत् प्राधिकरण वितरण केन्द्र लहानका प्रमुख इन्जिनीयर धीरेन्द्रकुमार यादवले जानकारी दिनुभयो ।

गार्हस्थ्य मिटरतर्फ १९ करोड १४ लाख ५१६, व्यापारिकतर्फ ९९ लाख ७१ हजार ४३९, गैर व्यापारिक मिटरतर्फ एक करोड ५८ लाख र औद्योगिक मिटरतर्फ रुचार करोड २६ लाख ३८ हजार ८३५ बक्यौता रकम उठाउन बाँकी रहेको प्रमुख यादवले बताउनुभयो ।

विद्युत् प्राधिकरण लहानका अनुसार अस्पताल, लाहान नगरपालिका, इलाका हेल्थ पोष्ट, जिल्ला वन कार्यालय लहान र विभिन्न विद्यालयहरुबाट समेत ठूलो रकम बक्यौता रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button