लागू औषधसहित चार कारोबारी पक्राउ
राजविराज । लागू औषधको कारोबार गर्ने चार जनालाई लागू औषध सहित सप्तरी प्रहरीले पक्राउ गरेको छ ।
सप्तरीको राजविराजबाट काठमाडौँतर्फ लाँदै गरेको लागू औषधसहित दुई जना र हनुमान नगर कंकालिनी नगरपालिका– २ बाट ब्राउन सुगरसहित दुई जना गरी ४ जना लागुऔषध कारोबारीलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीले काठमाडौँतर्फ लागू औषध लगिरहेको सूचना पाएपछि पार्किङमा राखिएको यात्रुवाहक बस खानतलासी गर्दा भारी मात्रामा लागू औषधसहित सप्तरीको कंचनरुप नगरपालिका वडा नम्बर ८ बस्ने ३६ वर्षीय सञ्जय भुजेल, सप्तरीकै बोदे बरसाईन नगरपालिका वडा नम्बर –५ बस्ने २१ वर्षीय मो. अवदुल्ललाई प्रहरीले पक्राउ गरेको हो ।

त्यस्तै पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत सप्तरीको हनुमान नगर कंकालिनी नगरपालिका २ बाट खैरो हिरोइन (ब्राउन सुगर) सहित दुई जना प्रहरीले नियन्त्रणमा लिएको छ ।
सिराहाका लक्ष्मीपुर पतार गाउँपालिका–३ बस्ने २८ वर्षीय प्रमानन्द साह र सिराहाकै धनगडीमाई नगरपालिका–११ बस्ने २८ वर्षीय दीपेन्द्र कुमार महतोलाई ८ ग्राम ५५० मिलि ग्राम प्रतिबन्धित खैरो हिरोइन सहित प्रहरीले नियन्त्रणमा लिएको हो ।
उनीहरूलाई म्याद थप गरी लागुऔषध ओसारपसार विरुद्धको मुद्दा चलाइएको सप्तरीका प्रहरी प्रवक्ता माधव प्रसाद काफ्लेले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्