तपाईँ सुन्दै हुनुहुन्छः

दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु

भद्रपुर, झापा  । दक्षिणी झापाको कचनकवलमा दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

मृत्यु हुनेमा कचनकवल गाउँपालिका– ४ निवासी ४० वर्षीय शेषलाल राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीका अनुसार कचनकवल गाउँपालिका– २ स्थित अंगुरभिट्टा सडक खण्डमा शनिवार दिउँसो डब्लुबी ७४ पी ९७१७ नम्बरको भारतीय नम्बर प्लेटको मोटरसाइकल र मे ४ प ९५०० नम्बरको मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको थियो ।

दुर्घटनामा परी सोही ठाउँका २७ वर्षीय शिवलाल माझी, ४४ वर्षीय सजन राजवंशी र ४० वर्षीय शेषलाल राजवंशी घाइते भएका थिए । 

घाइतेमध्ये मे ४ प ९५०० नम्बरको मोटरसाइकलमा सवार शेषलालको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button