तपाईँ सुन्दै हुनुहुन्छः

माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनको रुपमा लैजाने

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठकले भोलिबाट सुरु हुने राष्ट्रिय सम्मेलनलाई महाधिवेशनको रुपमा लैजाने भएको छ ।

आज साँझ बसेको पार्टी स्थायी कमिटी बैठकले राष्ट्रिय सम्मेलनप्रति आकर्षण बढेकाले यसलाई महाधिवेशनमा परिणत गर्ने निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो । 

यसैगरी बैठकले पार्टीको केन्द्रीय कमिटी बैठक भोलि बिहान ८ बजे बस्ने निर्णय गरेको पनि प्रवक्ता महराले बताउनुभयो । 

माओवादीको भोलिदेखि काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा राष्ट्रिय सम्मेलन हुँदै छ । भोलि अपराह्न १ बजे सम्मेलनको उद्घाटन गर्ने गरी तयारी पूरा भएको प्रवक्ता महराले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button