प्रेस सेन्टर मकवानपुरले पत्रकारलाई सुत्केरी भत्ता र उपचार खर्च दिने
मकवानपुर । प्रेस सेन्टर मकवानपुरले जिल्लाका अग्रज पत्रकारहरूलाई औषधी खर्च र महिला पत्रकारहरूलाई सुत्केरी भएको अवस्थामा सुत्केरी भत्ता प्रदान गर्न कोष स्थापना गर्ने निर्णय गरेको छ ।

प्रेस सेन्टर मकवानपुरकी अध्यक्ष अञ्जली थापाको अध्यक्षतामा आज बसेको सङ्गठनको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले अग्रज पत्रकारहरूलाई पेन्सन र अन्य उपदान नहुने कारण आर्थिक समस्या झेल्नुपर्ने भएकोले उपचार खर्च प्रदान गर्ने निर्णय गरेको उहाँले बताउनुभयो ।
यसैगरी बैठकले सुत्केरी अवस्थामा काम गर्न नसक्ने र आर्थिक समस्या पर्ने भन्दै सुत्केरी महिला पत्रकारलाई सुत्केरी भत्ता दिने निर्णय गरेको बताउनुभयो ।
बैठकमा प्रेस सेन्टर वाग्मती प्रदेश अध्यक्ष यदु गौतम, पत्रकार महासङ्घ केन्द्रिय सदस्य सुनिल खड्का, पत्रकार महासङ्घ वाग्मती महासचिव कृष्णसारु मगर लगायतको उपस्थिति रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्