‘एमसीसि अनुदान हो ऋण होइन, नेपालले स्वीकार गर्नुपर्छ’
गोरखा । गृहमन्त्री बालकृष्ण खाँडले एमसिसी नेपालका लागि अनुदान भएकाले पास गर्नका लागि गठबन्धनमा छलफल सुरु गरिएको बताउनुभएको छ ।
‘अमेरिकाले दिने सहयोग ऋण होइन, अनुदान हो । त्यहाँका नागरिकहरूले तिरेको करबाट अमेरिकाले नेपालका लागि सहयोग गर्न लागेको हो ।’ मन्त्री खाँडले भन्नुभयो ।

गोरखा उद्योग वाणिज्य सङ्घको ४६ औँ वार्षिक साधारण सभा तथा १६ औँ अधिवेशन उद्घाटनका लागि आज गोरखा आउनुभएका गृह मन्त्री खाँडले नेपालको हितमा रहेकाले पास गरेर काम गर्नुको विकल्प नभएको बताउनुभयो ।

अर्को प्रसङ्गमा मन्त्री खाँडले राष्ट्रिय सभाको निर्वाचन, निर्वाचन आयोगको कार्यातालिका अनुसार नै हुने बताउनुभयो । स्थानीय, प्रदेश र सङ्घीय संसद्को निर्वाचन एकैसाथ हुने उहाँको भनाइ छ ।








प्रतिक्रिया राख्नुहोस्