तपाईँ सुन्दै हुनुहुन्छः

मकवानपुरमा एकैदिन तीन शव फेला

मकवानपुर । मकवानपुरमा शुक्रवार एकै दिन छुट्टाछुट्टै स्थानमा एक पुरुष र दुई महिलाको शव फेला परेको छ । छुट्टाछुट्टै स्थानमा दुई महिलाको शव झुण्डिएको अवस्था र एक पुरुषको शव मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । 

तीमध्ये एक जनाको शव हालसम्म पनि सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । अन्य दुई जनाको भने हिजै (शुक्रवार) सनाखत भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार हेटौँडा उपमहानगरपालिका–५ सिँचाई टोल बस्ने १८ वर्षीया आरती घिमिरे आफु सुत्ने कोठामा झुण्डिएको अवस्थामा शव फेला परेको हो । यस्तै, शुक्रवार बिहान नै मकवानपुरगढी–६ बस्ने ४२ वर्षीया सुनमाया रुम्बा गोलेको शव घर नजिकैको अम्बाको रुखमा झुण्डिएको अवस्थामा शव फेला परेको हो ।

त्यस्तै, जिल्लाको मकवानपुरगढी गाउँपालिका–७ सुकौरामा शुक्रवार नै फेला परेको अन्दाजी २५ वर्षीय एक पुरुषको शवको हालसम्म पनि सनाखत नभएको मकवानपुर प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, उनको शव हाल हेटौँडा अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button