तपाईँ सुन्दै हुनुहुन्छः

बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार

मकवानपुर । बागमती प्रदेशमा चौथो पटक शुक्रवार मन्त्रिपरिषद् बिस्तार भएको छ । मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम ३ मन्त्री र ३ राज्यमन्त्री नियुक्त गर्नुभएको हो । 

मुख्यमन्त्री पाण्डेले नेपाली काँग्रेसको कोटाबाट भूमि व्यवस्था सहकारी मन्त्रीमा बलराम पौडेल, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीमा मिलनबाबु श्रेष्ठ र संस्कृति तथा पर्यटन मन्त्रीमा दीपेन्द्र श्रेष्ठलाई नियुक्त गर्नुभएको हो । 

यस्तै भौतिक पूर्वाधार विकास राज्यमन्त्रीमा सन्तबहादुर प्रजा, उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्रीमा रजनी अमात्य र स्वास्थ्य राज्यमन्त्रीमा कल्पना नेपालीलाई नियुक्त गर्नुभएको हो । योसँगै बागमती प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित १४ जना फुल मन्त्री र ४ जना राज्यमन्त्री कूल सङ्ख्या १८ पुगेको छ ।

नवनियुक्त मन्त्री र राज्यमन्त्रीले आजै पद र गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । नवनियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले र राज्यमन्त्रीहरूलाई मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले प्रदेश प्रमुखको कार्यालयमा आयोजित कार्यक्रममा शपथ गराउनुभएको हो । 

यसअघि पहिलो चरणमा कांग्रेस संसदीय दलका उपनेता कृष्णलाल भँडेल भौतिक पूर्वाधार, माओवादी संसदीय दलका उपनेता कुमारी मोक्तान सामाजिक विकास, एकीकृत समाजवादी संसदीय दलका उपनेता कृष्णप्रसाद शर्मा खनाल आन्तरिक मामिला मन्त्री हुनुभएको थियो । यस्तै, दोस्रो चरणमा माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जम्मकट्टेल आर्थिक मामिला र कांग्रेस सांसद निमा लामा स्वास्थ्य मन्त्री हुनुभएको थियो । 

तेस्रो पटक भएको सरकार विस्तारका क्रमशः श्रम रोजगार तथा यातायात मन्त्रीमा घनश्याम दाहाल, खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्रीमा वसन्तकुमार मानन्धर, कृषि तथा पशुपन्छी मन्त्री वसुन्धरा हुमागाईँ, वन तथा वातावरण मन्त्री विशाल खड्का, युवा तथा खेलकुद मन्त्री रत्नप्रसाद ढकाल र कृषि तथा पशुपन्छी राज्यमन्त्री इन्द्रमाया गुरुङ नियुक्त हुनु भएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button