१६ लाख रकमसहित भारतीय पक्राउ
बारा । बारामा स्रोत नखुलेको रकमसहित एक जना भारतीय पक्राउ परेका छन् ।
कलैया उपमहानगरपालिका वडा नं.१० मटिअर्वा टोल स्थित नहर चोकबाट भारत विहार जिल्ला मोतिहारी ग्राम पञ्चायत बेलदर्वा वडा नं.५ बस्ने वर्ष ३० का रंदेश कुशवाहालाई प्रहरीले पक्राउ गरेको हो ।
भारतीय मोटरसाइकलमा आएका कुुश्वाहाले हेलमेट तथा पाइन्टको खल्ती समेतमा लुकाई छिपाई ल्याएको अवस्थामा १६ लाख रुपैयाँ फेला पारेको प्रहरीले जनाएको छ ।
रकमको स्रोत खुलाउन नसकेपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्