एपीएफ क्लब र एनआरटी बिचको खेल बराबरीमा सम्पन्न
काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा एपीएफ क्लब र न्युरो टिम एनआरटीले बराबरी खेल्दै अङ्क बाडेका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा शुक्रवार भएको खेलमा एपीएफ र एनआरटीले ३–३ गोलको बराबरी खेलेको हो ।
यस बराबरीसँगै एपीएफले ६ खेलमा ५ अङ्क जोडेको छ । एपीएफ ११ औँ स्थानमा रहेको छ । एनआरटीले ६ खेलमा ७ अङ्क जोडेको छ । एनआरटी छैटौँ स्थानमा रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्